रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट चैत्र १९
गते करीव २ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा
किराना सामान बरामद भएको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान प्रस्तावित
सीमा सुरक्षा गुल्म डण्डाले बरामद गरेको हो ।
यसैगरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ५ डाबर यशोधरा गाउँपालिका
६ रंगपुरबाट चैत्र १९ गते करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा प्रस्तावित सीमा
सुरक्षा गुल्म कृष्णनगर र बिओपी मर्यादापुरले बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।