चैत्राष्टमीको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा
(विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा चैत्र १५ गते सशस्त्र प्रहरी
बल नेपालको निशान, कोत तथा मौलो पुजा सम्पन्न भएको छ ।
बिहान ७ बजेर ३५ मिनेट तथा १० बजेर ४५ मिनेटको पुजाको संकल्प साइतमा
गरिएको पुजामा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी
बल नेपालको निशानमा पञ्जाछाप लगाउनुभएको थियो । महानिरीक्षक अर्यालबाट
सम्पन्न भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु
नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र
प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको समेत उपस्थित रहेको
थियो ।
सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजामा सशस्त्र प्रहरी
बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो ।
महानिरीक्षक अर्यालले पुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र
प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो
। सशस्त्र प्रहरी बल नेपालले चैत्राष्टमीको अवसरमा परम्परागत रुपमा हरेक
वर्ष निशान, कोत तथा मौलोपुजा गर्दै आएको छ ।