सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ स्थित एक घरको गोदामबाट चैत्र ५ गते सशस्त्र प्रहरी र राजश्व करदाता सेवा कार्यालय लालबन्दीले १ लाख ६७ हजार ९ सय रुपैयाँ बराबरको अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।
अवैध रुपले लुकाई छिपाई राखेको भन्ने सूचना पाएपश्चात सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाही र सो कार्यालयबाट खटिएको टोलीले उक्त सुर्तिजन्य पदार्थ बरामद गरेको हो ।
बरामद सुर्तिजन्य पदार्थ भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।