काठमाडौं, उदयपुर जिल्लाको बेलका नगरपालिका ८ स्थित सप्तकोशी नदीको किनारबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव ४ सय के.जी. गाँजा बरामद गरेको छ । सप्तकोशी नदीमा पानीले बगाएर ल्याउँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश रामपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका १० स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करिब १ लाख ५२ हजार रुपैयाँ बराबरको ५२ सय के.जी. कवाडी फलाम र पुराना व्याट्री बरामद गरेको छ । स १ च १५३५ नम्बरको पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ६ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त पिकअप गाडीसमेत बरामद गरीएको छ । सो गाडीको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ । यसैगरी बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोक ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीब १ लाख रुपैयाँ बराबरको जुत्ताचप्पल तथा किराना सामानहरु बरामद गरेको छ । भारतबाट अबैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका १० स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
APF