पर्सा,
        पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ स्थित सीमा ईलाकाबाट फागुन २४
गते सशस्त्र प्रहरीले करीव १६ लाख रुपैयाँ बराबरको लत्ताकपडा तथा विभिन्न
सामान बरामद गरेको छ ।
        ना ५ च ५४९४ नम्बरको ट्याक्टरमा राखेर लैजाँदै गरेको उक्त सामान सशस्त्र
प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले शंका
लागि जाँच गर्दा बिल बिजक भन्दा फरक पाईएपछि बरामद गरिएको हो । त्यसवेला
उक्त ट्याक्टरसमेत बरामद गरिएको छ ।
        बरामद सामान तथा ट्याक्टर आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान
कार्यालय पथलैयामा बुझाईएको छ । उक्त ट्याक्टरको भन्सार दाखिला मुल्य १०
लाख रुपैयाँ रहेको छ ।

APF