बाँके,
बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका ५ स्थित बसपार्क ईलाकाबाट फागुन
१५ गते सशस्त्र प्रहरीले करीव २ लाख ७२ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद
गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय जमुनाहमा बुझाईएको छ ।