कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ छुम्हीस्थित सीमा ईलाकाबाट फागुन १४ गते सशस्त्र प्रहरीले करीव २ लाख ४९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको ७८ के.जी. काँसको थाली बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त काँसको थाली सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद काँसको थाली भन्सार कार्यालय कृष्णनगरमा बुझाईएको छ ।
APF