झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ५ नकलबन्दास्थित सीमा ईलाकाबाट फागुन १५ गते सशस्त्र प्रहरीले २ सय ३ वटा वीन्स स्पामो फोर्ट नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १८ वर्षिय अभिषेक श्रेष्ठ र भारतमा घर बताउने २० वर्षिय अनमोल प्रधान छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी नकलबन्दाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
APF