कैलाली,
कैलाली जिल्लाको कैलारी गाउँपालिका ६ छोटकी पलिया ईलाकाबाट फागुन १२ गते
सशस्त्र प्रहरीले एक नाल बाहृबोर बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५३ वर्षिय लौटन चौधरी, ३५ वर्षिय
बिरेन्द्र चौधरी र २१ वर्षिय सन्तराम चौधरी छन् ।
से २ प ८९२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल
बिओपी छोटकीपलियाबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको
साथमा उक्त बन्दुक तथा सोको ५ वटा गोली समेत बरामद गरेको छ । त्यसवेला
उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई बरामद बन्दुक, गोली र मोटरसाईकलसहित आवश्यक
कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।