काठमाडौं,
सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका २ फत्तेपुर ईलाकाबाट माघ २८ गते
सशस्त्र प्रहरीले ५४ वटा नाईट्रोभेट ट्याब्लेट र करीव १० ग्राम गाँजासहित
दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ बर्षिय सुजन चौधरी र २० बर्षिय
प्रविण थापा छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश फत्तेपुरबाट खटिएको
सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला
पारेको हो ।
यसैगरी सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित पिपलबोट ईलाकाबाट माघ
२९ गते सशस्त्र प्रहरीले करीव ५ सय ५५ वटा नाईट्रोजेपाम ट्याब्लेटसहित
दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ६ बस्ने २२
बर्षिय दिपेश बिक र १९ बर्षिय सन्तोष बिक छन् ।
उनीहरुलाइ सशस्त्र प्रहरी बल, नेपाल बिओपी मलंगवाबाट खटिएको सशस्त्र
प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारेको
हो ।
यसैगरी मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट
माघ २९ गते सशस्त्र प्रहरीले ६ बोतल डाईलेक्स र २ बोतल एसकुफसहित सुनसरी
जिल्लाको ईटहरी उपमहानगरपालिका ७ बस्ने ४० बर्षिय कृष्ण कुमार श्रेष्ठलाई
पक्राउ गरेको छ ।
मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी रानीबाट खटिएको
सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला
पारेको हो । त्यसवेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ ।
यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ४ स्थित आँपताल सीमा
ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले करीव ३० वटा नाईट्रोभेट
ट्याब्लेटसहित कैलाली जिल्लाको धनगढी उपमहानगपालिका १३ बस्ने २४ बर्षिय
मुकेश रानालाई पक्राउ गरेको छ ।
सु.प्र.प. ०१००८ प ११३३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै
गरेका निज रानालाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश आँपतालबाट
खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध
फेला पारेको हो । त्यसवेला सो मोटरसाईकलसमेत बरामद गरिएको छ ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको
लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।