रौतहट,
रौतहट जिल्लाको परोहा नगरपालिका ६ स्थित सीमा ईलाकाबाट माघ २५ गते
सशस्त्र प्रहरीले करीव १ लाख ८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल
नेपाल सुरक्षा वेश फतुहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुझाईएको छ ।