बाँके, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट माघ २५ गते सशस्त्र प्रहरीले करीव ८ लाख ६८ हजार रुपैयाँ बराबरको १० के.जी. ८ सय ७ ग्राम चाँदी तथा चाँदीको गरगहना बरामद गरेको छ । यूपी ३२ ईके ८१९६ नम्बरको भारतीय मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि सो माटरसाईकलमा जाँच गर्दा उक्त चाँदी फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
APF