काठमाडौं,
पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका ५ वनकट्टीबाट माघ १९ गते
सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
ट्याक्टरमा प्रयोग हुने ६ वटा फलामको फाली बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त फाली सशस्त्र प्रहरी
बल नेपाल बोर्डर आउट पोष्ट बलिनगरबाट खटिएको सशस्त्र प्रहरीले बरामद
गरेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र
प्रहरीले करीव १ लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स
बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटर
पार्ट्स सशस्त्र प्रहरीले रौतहट जिल्लाको गौर नगरपालिका २ भन्सार रोडबाट
बरामद गरेको हो ।
त्यसैगरी सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित हरकट्टी गाउँबाट माघ
२० गते सशस्त्र प्रहरीले करीव १ लाख ५१ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा गरेको छ ।
भारतबाट अवैध रुपले स ७ प ११४३ नम्बरको मोटरसाईकलमा राखेर ल्याउँदै
गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी
मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको
सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद
गरिएको छ ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । बरामद मोटरसाईकलको
भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।