काठमाडौं,
सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका १० पत्थरगाडास्थित सीमा ईलाकबाट
माघ १६ गते सशस्त्र प्रहरीले करीव २ लाख ३२ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल, नेपाल नम्बर ६ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद
गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय तिलाठीमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय
महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले माघ १७ गते करीव १ लाख ६० हजार
रुपैयाँ बराबरको चोरीपैठारीको मोटरसाईकलको पार्ट्स बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मोटरसाईकलको पार्ट्स
सशस्त्र प्रहरीले बारा जिल्लाको विश्रामपुर गाउँपालिका ४ खुदियास्थित
सीमा ईलाकाबाट बरामद गरेको हो ।