धनुषा, धनुषा जिल्लाको धनौजी गाउँपालिका ४ स्थित तरहीचोकबाट माघ १६ गते सशस्त्र प्रहरीले करीव ३ सय ५५ ग्राम पँहेलो धातुसहित भारतमा घर बताउने २१ बर्षिय महमद बब्लु आलमलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज आलमलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त पँहेलो धातु फेला पारेको हो । त्यसवेला उनको साथबाट मोबाईल सेट १ थान र १ हजार ५ सय भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । पक्राउ परेका आलमलाई बरामद पँहेलो धातु, मोबाईल सेट र रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
APF