काठमाडौं, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ लच्कास्थित सीमा ईलाकाबाट माघ १७ गते सशस्त्र प्रहरीले ४ सय ९२ वटा नाईट्रोभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्र्दिया जिल्लाको बारबर्दिया नगरपालिका ९ बस्ने २० बर्षिय सचिन सापकोटा छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । यसैगरी सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट माघ १६ गते सशस्त्र प्रहरीले २ सय वटा नाईट्रोभेट ट्याब्लेटसहित सोहि जिल्लाको धरान उपमहानगरपालिका ४ बस्ने २३ बर्षिय युरेस चेङवाङ्गलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध तथा नगद २ हजार ७५ रुपैयाँ समेत फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
APF