पश्चिम नवलपरासी,
पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ५ स्थित गण्डकनहर
ईलाकाबाट माघ १५ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ
बराबरको चोरीनिकासीको १ सय ५० थान (आईपील) मोवाईल सेट बरामद गरेको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त मोवाईल सेट सशस्त्र
प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठिप्रसौनीबाट खटिएको सशस्त्र
प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोवाईल सेट लैजान प्रयोग भएको
दुई वटा मोटरसाईकल समेत बरामद गरिएको छ ।
बरामद मोवाईल सेट तथा मोटरसाईकल भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।