झापा,
झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट माघ १५ गते
सशस्त्र प्रहरीले करीव २ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले बा १५ च २७८४ नम्बरको कारमा राखेर नेपालतर्फ
ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण
झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त कार
समेत बरामद गरिएको छ ।
बरामद लत्ताकपडा तथा कार मेची भन्सार कार्यालयमा बुझाईएको छ । बरामद
कारको भन्सार दाखिला मुल्य २२ लाख रुपैयाँ रहेको छ ।