काठमाडौं,
सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट माघ २ गते
सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ
।
पक्राउ पर्नेम सोही जिल्लाको लालबन्दी नगरपालिका २ नवलपुर बस्ने १९
वर्षिय मोहमद शम्सेर मन्सुरी छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज मन्सुरीलाई सशस्त्र प्रहरी बल नेपाल
बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच
गर्दा उनको साथमा कोडीवील ११ बोतल, स्पास्मो १३ वटा र प्रोक्सिभन १३ वटा
फेला पारेको हो ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको
सशस्त्र प्रहरीले माघ ३ गते एभिल १३ एम्पुल तथा ९ एम्पुल डाईजिल्यापसहित
मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ हुलास चोकबाट एक जनालाई पक्राउ
गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी जिल्लाको ईटहरी उपनगरपालिका ४ बस्ने २२ वर्षिय
बिपिन क्षेत्री छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज क्षेत्रीलाई गस्तीमा खटिएको सशस्त्र
प्रहरीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो ।
सशस्त्र प्रहरीले पक्राउलाई परेका क्षेत्रीलाई बरामद लागूऔषधसहित आवश्यक
कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।