महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका २ स्थित सम्सीबाट माघ २ गते सशस्त्र प्रहरीले करीव १ लाख ३६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ । भारबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर रानाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
APF