धादिङ्गं,
धादिङ्ग जिल्लाको रुवीभ्याली गाउँपालिका १ पुरुस्थित ईसी खोला नजिकै
बाटो खन्ने क्रममा पहिरोले पुरीएर बेपत्ता भएका एक जनाको शव नेपाली सेना,
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ ।
उक्त खोला नजिकै बाटो खन्ने क्रममा पहिरोले पुरीएर बा २ क ४८२१ नम्बरको
स्काभेटरसहित काभ्रे घर भएका चालक २८ वर्षिय आकाश तामाङ्ग, सहचालक १९
वर्षिय राजु तामाङ्ग र २७ वर्षिय अनिस तामाङ्ग यही पौष २९ गते बेपत्ता
भएको भन्ने जानकारी पाएपछि उनीहरुको खोजी तथा उद्वार गर्ने क्रममा ती
मध्ये राजु तामाङ्गको शव माघ १ गते फेला पारिएको हो भने अन्य दुई जनाको
खोजीकार्य भईरहेको छ ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङ्गबाट सशस्त्र प्रहरी
निरीक्षक वेदविक्रम थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम
प्राप्त सशस्त्र प्रहरी उनीहरुको खोजी कार्यमा सकृयताकासाथ त्यस ठाउँमा
खटिएको छ ।