रौतहट, रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित मनमोहन गेटबाट पौष २५ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँसहित भारतमा घर बताउने ३९ बर्षिय संजय कुमार जैसवाललाई पक्राउ गरेको छ । बि आर ०५ ए जी ८०५७ नम्बरको भारतिय मोटरसाईकलमा नेपालतलर्फ आउँदै गरेका निज जैसवाललाई शंका लागी जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँकोे श्रोत नखुलेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसबेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । सो मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख रुपैयाँ रहेको छ । पक्राउ परेका निज जैसवाललाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
APF