सुनसरी, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट पौष २५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दूई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ईटहरी उपमहानगरपालिका ६ बस्ने ३१ बर्षिय सुबोध कोईराला र ३७ बर्षिय गणेश पौडेल छन् । को २६ प ७९८१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स १ बोतल, नाईट्रोजन ट्याब्लेट १० वटा र क्यास्मोकिसन ट्याब्लेट १० वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
APF