काठमाडौं,
झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित सीमा ईलाकाबाट पौष २३ गते
सशस्त्र प्रहरीले करीव १ लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
विभिन्न सामान बरामद गरेको छ ।
भारतबाट अबैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको किराना सामान,
लत्ताकपडा, प्रिन्टरको मसी र पाउडर दुध सशस्त्र प्रहरी बल, नेपाल नम्बर २
गण झापाबाट खटिएको टोलीले बरामद गरेको हो ।
यसैगरी सोही जिल्लाको मेचीनगर नगरपालिका ८ स्थित पूर्व पश्चिम
लोकमार्गबाट पौष २३ गते सशस्त्र प्रहरीले करीव १ लाख २ हजार रुपैयाँ
बराबरको चोरीपैठारीको मोबाईल तथा लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको टोलीले
बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।