काठमाडौं, झापा जिल्लाको कचनकवल गाउँपालिका ५ फुटहागञ्ज स्थित सीमा ईलाकाबाट पौष २० गते सशस्त्र प्रहरीले करीव ४ ग्राम २५ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कचनकवल गाउँपालिका ७ बस्ने २४ वर्षिय बिनोद बस्नेत र २८ वर्षिय निखिल रेग्मी छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश दलेगाउँले उक्त ब्राउन सुगरसहित पक्राउ गरेको हो । यसैगरी धादिङ जिल्लाको गजुरी गाउँपालिका ६ स्थित आदमघाटबाट पौष २१ गते सशस्त्र प्रहरीले करीव १० के.जी. गाँजासहित सोही ठाउँ बस्ने प्रकाश प्रजा र बिक्रम प्रजालाई पक्राउ गरेको छ । धादिङबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४१४९ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरुलाई उक्त गाँजासहित सशस्त्र प्रहरी बल, नेपाल राजमार्ग सुरक्षा बेश आदमघाटले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर तथा गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएईएको छ ।
APF