कास्की, सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीमा शुक्रबार महिलाको पाठेघर सम्बन्धि विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भी.आई.ए., भी.आई.एल.आई. जाँच तथा स्क्रिन एण्ड ट्रिट सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ। सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले पानसमा द्विप प्रज्ज्वलन गरी उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विशेश्वर थापाले धन्यवाद क्रममा वास्तवमै यस्ता सेवामुलक र पवित्र सामाजिक कार्यले आफु मात्र नभई समाजमा बसेका महिला दिदी बहिनीहरुलाई समेत सचेत र सहयोग गर्न सके महिला स्वास्थ्य सम्बन्धि जटिलतालाई समाधान गर्न सकिने बताउनुभयो। उक्त प्रशिक्षण कार्यक्रममा गाईनोलोजी अन्कोलोजिष्ट प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले सो रोगको उपचार विधिहरु तथा महिलाको पाठेघर सम्बन्धि विविध समस्याको समयमा पहिचान नहुँदा आउनसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रकाश पार्नुभयो । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, सो बहिनी मातहत एम.आई. रुममा कार्यरत महिला स्वास्थ्यकर्मी तथा स्थानीय क्लिनिकका महिला स्वास्थ्यकर्मीहरु समेत गरी कुल १८ जनालाई प्रशिक्षण प्रदान गरिएको हो । सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहतका गण तथा गुल्मका सिनियर तथा जुनियर अधिकृत एवं विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
APF