झापा,
झापा जिल्लाको भद्रपुर नगरपालिका १ हिमाली चोकबाट पौष १२ गते सशस्त्र
प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको कन्काई नगरपालिका १ बस्ने ३८ बर्षिय
राजिव खत्री र २० बर्षिय उमेश धिमाल छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरले शंका
लागि जाँच गर्दा उनीहरुको साथमा २३ वटा नाईट्राजेपाम ट्याब्लेट फेला
पारेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीलाई बुझाईएको छ ।