पर्सा,
पर्सा जिल्लाको पोखरिया नगरपालिका ३ स्थित सीमा ईलाकाबाट पौष १२ गते
सशस्त्र प्रहरीले करीव १ सय ५० के.जी. गाँजा बरामद गरेको छ ।
सोही ठाउँमा रहेको बा ५ च ६५५३ नम्बरको पिकअप गाडीमा शंका लागि जाँच
गर्दा उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी
मुख्यालय महोत्तरीले बरामद गरेको हो ।
बरामद गाँजा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।