नुवाकोट,
दुई साता अघि हराएकी करीव ६० वर्षिय पुछमाया घलेको शव सशस्त्र प्रहरीले
पौष १२ गते नुवाकोट जिल्लाको विदुर नगरपालिका १ त्रिशुलीस्थित त्रिशुली
नदिमा डुविरहेको अवस्थामा फेला पारेको छ ।
गोरखा जिल्लाको गुम्दी गा.वि.स. वडा नं. ५ घर भई हाल नुवाकोट जिल्लाको
किस्पाङ गाउँपालिका वडा नं. ५ बस्ने पुछमाया घले यही मंसीर २४ गतेदेखि
बेपत्ता भएकी थिईन ।
उनको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र
प्रहरी नायव निरीक्षक सजनकुमार श्रेष्ठको कमाण्डमा खटिएको सशस्त्र
प्रहरीले उक्त नदिबाट बाहिर निकालेको हो । उनको शव नेपाल प्रहरीलाई
बुझाईएको छ ।