काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पौष १२ गते देखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका वीच उक्त प्रतियोगिता शुभारम्भ भएको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले फुटबलका राष्ट्रिय रेफ्री सशस्त्र प्रहरी सहायक मधुकर आचार्यलाई खेलकुद सामाग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, विभिन्न खेलकुद विधाका खेलाडीहरु तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता यही पौष १४ गतेसम्म नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ । पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’मा १८ जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरुको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक-एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ ।
APF