काठमाडौ,
सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित सीमा ईलाकाबाट पौष १० गते
सशस्त्र प्रहरीले करीव ३० के.जी. गाँजा बरामद गरेको छ ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल
बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो ।
यसैगरी सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका ११ स्थित कोशी
बादबाट पौष ९ गते सशस्त्र प्रहरीले करीव ४० के.जी गाँजा बरामद गरेको छ ।
सोही ठाउँमा परालको कुन्यूमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको
आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको
हो ।