बारा,
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ५ स्थित विरगंज पथलैया सडक
खण्डबाट पौष ९ गते सशस्त्र प्रहरीले करीव ९ लाख ७३ हजार रुपैयाँ बराबरको
फाईवर केवल बरामद गरेको छ ।
सोही सडक खण्डमा यात्रुबाहक बसमा चेकजाँच गर्दा बिल विजक नभएको उल्लेखित
मुल्य बराबरको उक्त फाईवर केवल सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश
जितपुरले बरामद गरेको हो ।
बरामद केवल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।