पर्सा,
पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट मंसीर १
गते सशस्त्र प्र्रहरीले करीव २ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपाल तर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी र सशस्त्र प्रहरी बल नेपाल
सुरक्षा बेश विरगंजले बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालय बुझाईएको छ ।