मोरङ, मोरङ जिल्लाको रतुवामाई नगरपालिका २ स्थित सीमा ईलाकाबाट मंसीर १ गते सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको उर्लाबारी नगरपालिका ६ बस्ने २१ बर्षिय आजित राई, १९ बर्षिया मनिसा कुमाल र १८ बर्षिय रोशन कार्की छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरर्वाड सुरक्षा बेश घरुचोकले शंका लागि जाँच गर्दा उनीहरुको साथमा ट्रमाडोल १५०० वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
APF