हुम्ला, हुम्ला जिल्लाको सिमकोट गाउँपालिका ५ स्थित ओखरबोट ईलाकाबाट मंसीर २७ गते सशस्त्र प्रहरीले १ सय ४४ क्यूफिट काठ बरामद गरेको छ । ट्याक्टरमा राखेर अवैध रुपले ल्याउदै गरेको उक्त सल्लाको काठ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गुल्म बाट खटिएको टोलीले बरामद गरेको हो । त्यसबेला उक्त ट्याक्टर समेत बरामद गरिएको छ । बरामद काठ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
APF