सिरहा,
सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ स्थित मणिटोलबाट मंसीर २७ गते
सशस्त्र प्रहरीले करीव ९ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
सोही ठाँउमा परालको कुन्युमा लुकाई छिपाई राखेको भन्ने बिशेष सूचनाको
आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी र नम्बर ७
गणबाट खटिएको टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो ।
बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।