झापा,
झापा जिल्लाको मेचिनगर नगरपालिका ६ स्थित सिमा ईलाकाबाट मंसिर २५ गते
सशस्त्र प्रहरीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२
बस्ने २९ बर्षिय मिन प्रसाद फुयाललाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर
आउट पोष्ट काँकडभिट्टाबाट खटिएको टोलीले शंका लागी जाँच गर्दा उनको साथमा
करिब १५ ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो । त्यसबेला निजको
साथबाट ११ हजार ६ सय नगद रुपैयाँ र १ थान मोबाईलसेट समेत बरामद गरिएको छ
।
पक्राउ परेका फुयाललाई बरामद ब्राउन सुगर, नगद रुपैयाँ र मोबाईलसेटसहित
आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।