सिरहा,
सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ स्थित सीमा ईलाकाबाट मंसीर २५ गते
सशस्त्र प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङ जिल्लाको डुप्रुम गाउँपालिका ४ बस्ने २०
बर्र्र्षिय अर्पण राई छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ईनरुवाबाट खटिएको
टोलीले शंका लागि जाँच गर्दा उनको साथमा ४ सय ५० वटा नाइट्रोभेट ट्याबलेट
फेला पारेको हो ।
पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीलाई बुझाईएको छ ।
यसैगरी कन्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ४ स्थित सीमा ईलाकाबाट
मंसीर २५ गते सशस्त्र प्रहरीले लागूऔषधसहित सोही नगरपालिका ५ बस्ने २३
बर्र्र्षिय आकाश वडलाई पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज वडलाई सशस्त्र प्रहरी बल,
नेपाल सुरक्षा वेश कारगिलडाँडाबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा
उनको साथमा ८९ वटा नाइट्रोभेट ट्याबलेट फेला पारेको हो ।
पक्राउ परेका वडलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि
नेपाल प्रहरीलाई बुझाईएको छ ।