काठमाडौं,
रौतहट जिल्लाको गरुडा नगरपालिका ४ गरुडा बजारस्थित एक पसलमा कार्तिक १२
गते भएको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले
दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको छ ।
सोही ठाउँ बस्ने नवल साहले संचालन गरेको हार्डवयर पसलमा विधुतीय तार
सर्टभई आगलागि हुँदा करीव २ करोड रुपैयाँ बराबरको हार्डवयरका सामान जलेर
नष्ट भएको बताईएको छ ।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण
रौतहट, सुरक्षा बेश दुधियाभार र सुरक्षा बेश सन्तपुरबाट खटिएको सशस्त्र
प्रहरी उक्त आगलागि नियन्त्रणमा सकृयताकासाट जुटेको हो ।