काठमाडौं,
झापा जिल्लाको भद्रपुर नगरपालिका ३ स्थित हिमाली चोकबाट असोज २४ गते
सशस्त्र प्रहरीले करीव ५ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल
नेपाल नम्बर २ गणबाट सशस्त्र प्रहरी सहायक निरिक्षक रमेश कुँवरको
कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यसैगरी पर्सा जिल्लाको विरगन्ज महानगरपालिका १ स्थित छपकैया बाँसघारी
ईलाकाबाट असोज २३ गते सशस्त्र प्रहरीले करीव २ लाख १६ हजार रुपैयाँ
बराबरको चोरीपैठारीको जुत्ता बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त जुत्ता सशस्त्र प्रहरी बल नेपाल
नम्बर २ छिन्नमस्ता बाहिनीबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार राजु बहादुर
मगरको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित कुवा रामपुरबाट
असोज २३ गते सशस्त्र प्रहरीले करीव १ लाख २ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ज १० प ७९९७ नम्बरकोे मोटरसाइकलमा राखी ल्याउँदै
गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट सशस्त्र
प्रहरी निरिक्षक ध्रुब कुमार खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले
बरामद गरेको हो । त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा
रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । त्यसबेला
उनिहरुले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरिएकोे छ । उक्त
मोटरसाइकलको भन्सार दाखिला मुल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ ।
।
यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित लालबकैयाबाट असोज २३ गते
सशस्त्र प्रहरीले करीव १ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल
बोर्डर आउट पोष्ट गौरबाट सशस्त्र प्रहरी निरिक्षक सुवास कुमार के.सी.को
कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यसैगरी महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका २ बाट असोज २४ गते
सशस्त्र प्रहरीले करीव १ लाख ७१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल
नेपाल बोर्डर आउट पोष्ट ईटहरुवाकट्टीबाट सशस्त्र प्रहरी नायव निरिक्षक
रबिन्द्र जङ्गको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।