काठमाडौं,
पर्सा जिल्लाको वीरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट असोज २०
गते सशस्त्र प्रहरीले करीव ४ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा
बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल
बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
यसैगरी झापा जिल्लाको कचनकवल गाउँपालिका १ कुटी चियाबगान स्थित सीमा
ईलाकाबाट असोज २० गते सशस्त्र प्रहरीले करीव १ लाख ८२ हजार रुपैयाँ
बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले मे १ ह ७०२६ नम्बरको अटोमा राखेर ल्याउँदै गरेको
उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र
प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त सामान ल्याउन
प्रयोग भएको अटो समेत बरामद गरको छ ।
बरामद सामान तथा उक्त अटो भन्सार कार्यालय भद्रपुरमा बुझाईएको छ । सो
अटोको अन्दाजी मुल्य ४ लाख रुपैयाँ रहेको छ ।
बरामद सामान स्थानीय भन्सार कार्यालय बुझाईएको छ ।