काठमाडौ,
पूर्वी नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका ७ स्थित गण्डक
प्रोजेक्टको स्टोरमा असोज १० गते भएको आगलागि सशस्त्र प्रहरी, नेपाल
प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रण ल्याएको छ ।
सो स्टोरमा आगलागी हुँदा करीव १ करोड ९२ लाख रुपैयाँ बराबरको मेशिनरी
सामान जलेर नष्ट भएको बताईएको छ ।
सो आगलागी बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट
पोष्ट विनय त्रिवेणीबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा
सकृयतासाथ जुटेको हो ।