सुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट भाद्र २९ गते सशस्त्र प्रहरीले करीब १ लाख ७१ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । विराटनगरबाट विरगंजतर्फ जाँदै गरेको एक यात्रुवाहक बसमा राखेर लैजाँदै गरेको उक्त औषधीको बिल बिजक फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद औषधी राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।
APF