रुपन्देही,
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीस्थित सीमा
ईलाकाबाट भाद्र २४ गते सशस्त्र प्रहरीले ६ लाख रुपैयाँ मूल्य बराबरको
चोरीनिकासीको सुपारी बरामद गरेको छ ।
अवैध रुपले चोरीनिकासी गरी भारततर्फ लैजानको लागि लुकाई छिपाई राखेको एक
हजार के.जी. सुपारी सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट
खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सुपारी भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।