झापा,
झापा जिल्लाको गौरीगंज गाउँपालिका १ स्थित माईखोलामा आएको बाढि सोही
ठाउँमा रहेको सतार टापुमा रहेको बस्तीमा पसेपछि विस्थापीत भएका करीव चार
घरपरिवारका १९ जना व्यक्तिलाई सशस्त्र प्रहरीले भाद्र २२ गते सुरक्षित
स्थानमा स्थानान्तरण गरेको छ ।
उक्त खोलामा आएको बाढि धार परिवर्तन भएर सो बस्तीमा पसेको भन्ने खबर
पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कुन्जिवारीबाट
खटिएको सशस्त्र प्रहरी उनीहरुको उद्वार कार्यमा सकृयताकासाथ जुटेको हो ।