सर्लाही, सर्लाही जिल्लाको हरिवन नगरपालिका १० स्थित नयाँरोड ईलाकाबाट भाद्र १५ गते सशस्त्र प्रहरीले करीव ६ लाख रुपैयाँ बराबरको १७ थान गलैचा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त गलैचाको विल विजक नभएको पाईएपछि सो गलैचा बरामद गरिएको हो । बरामद गलैचा भन्सार कार्यालय हरिवनमा बुझाईएको छ ।
APF