काठमाडौं, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ ईनरुवास्थित सीमा ईलाकाबाट भाद्र ८ गते सशस्त्र प्रहरीले करिव ५ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको सशस्त्र प्रहरीले भाद्र ८ गते करीव २ लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ जयसपुरस्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
APF