रुपन्देही,
रुपन्देही जिल्लाको मर्चबारी गाउँपालिका ६ ठर्कीस्थित सीमा ईलाकाबाट भाद्र ०३ गते सशस्त्र प्रहरीले करिब १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल फरवार्ड पोष्ट ठर्कीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।
