मोरङ्ग,
मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १५ दरैयास्थित सीमा ईलाकाबाट साउन
१७ गते सशस्त्र प्रहरीले करिब ३ लाख रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल
नेपाल वोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो
।