महोत्तरी,
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका २ लच्कास्थित सीमा ईलाकाबाट साउन
१७ गते सशस्त्र प्रहरीले करीव ३ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल
नम्बर ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश भुवाजीको
कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।